माओवादी संसदीय दलको बैठक जारी

पालिका संचारकर्मी
२२ माघ २०८०, सोमबार १०:४४

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ ।

सिंहदरवारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक जारी रहेको हो ।

सोमवार ४ बजे देखी सुरू हुने संसदीय दलको बैठक अघि दलको बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुती र अडानका बारेमा दिशा निर्देश गरिरहेका छन् ।