पक्राउ परेका रामबहादुर बम्जनको घरमा भेटियो ३ करोड ३० लाख नगद
काठमाडौं । आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने रामबहादुर बम्जनलाईको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको प्रहरीको भनाइ छ। यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, ३ ल्यापटप पनि बरामद भएको सीआईबीका एक उच्च अधिकारीले जनाएका छन्।
बम्जन मंगलवार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए। बम्जनमाथि २०७३ साल साउन २० मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ।
बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ। आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा थिए।

पालिका संचारकर्मी 






