तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य

पालिका संचारकर्मी
२३ पुष २०८०, सोमबार १२:१७

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० र चाँदीको पाँच रुपैयाँले घटेर कारोबार भएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम छ ।

चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।