उपत्यकामा पानीको हाहाकार सृजना गरेको भन्दै ललितपुरमा विरोध प्रदर्शन (तस्बिरहरू)

पालिका संचारकर्मी
१८ पुष २०८०, बुधबार १७:१२

ललितपुर । उपत्यकावासीलाई मेलम्ची खानेपानी वितरण नगरी पानीको हाहाकार सृजना गरेको भन्दै ललितपुरमा प्रदर्शन गरिएको छ । काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति ललितपुरले बुधवार पाटन दरबार क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले मेलम्चीको पानी तत्काल ल्याउन माग गर्दै नारा लगाएका थिए । उनीहरुले ‘पानी मारा सरकार मुर्दावाद’, ‘पानी मारा राजनीतिक पार्टी मुर्दावाद’, ‘मेलम्चीको पानी तुरुन्त खोल’, ‘मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

सङ्घर्ष समितिले पौष २० गते पनि खानेपानीको माग गर्दै ललितपुरमा र्‍याली निकाल्ने जानकारी दिएको छ ।