संघीयता कार्यान्वयनका लागि सबै लागि परौ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह र पुर्वाग्रह विना संघीयतालाई सफल बनाउन सबै लागि पर्नुपर्ने बताएका छन ।
झुलाघाट चिवाभञ्याङ (बैतडी) : समृद्धिका लागि संकल्प यात्राबारे आइतबार सञ्चारकर्मीहरुसँग छलफल गर्दै एमाले अध्यक्ष ओलीले अहिले नै संघीयताबारे धेरै नकारात्मक टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन । पहिलो कार्यकालको धेरै समय त कानुन र संरचना निर्माणमै वितेको भन्दै उनले भने, ‘५-६ वर्ष पनि कार्यान्वयन हुन नपाउँदै धेरै पक्ष विपक्षमा तर्क गर्ने भन्दा पनि यसलाई संस्थागत गर्ने कोसिसमा लाग्नुपर्ने बताए ।’
संघीयता सफल हुनै सकेन भने त्यसैले लोकतन्त्र नमर्ने भन्दै उनले भने, ‘तर सफल बनाउने कोसिस नगर्नु ठीक होइन । अहिले हामी संघीय लोकतान्त्रिक गणतनत्र भन्छौं । लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउने कोसिस गर्दा संघीयता समेतलाई सबल बनाउने कुरा हामीले गरेका हौं ।’
यसमा (तीनै तहको सरकारले)आ–आफ्नो ठाउँमा राम्ररी काम सम्पादन गर्ने, जनतालाई सेवा र सुविधा पुर्याउने र जनताका समस्या समाधान गर्ने, विकासका काममा अगुवाइ गर्ने र भ्रष्टाचार नियन्त्रण गरेर संस्थाको औचित्यमाथि प्रश्न उठ्न नदिने तर्फ ध्यान दिनुपर्ने उनले बताए । उनले भने, ‘जनताको माग पनि त्यसप्रकार नै छ ।’
उनले भने संघीयताका सन्दर्भमा वा शक्ति र स्रोतहरुको बाँडफाँटका सम्बन्धमा गरेका कामहरु कति फलदायी देखिएका छन ? चिन्तन गर्नुपर्ने अवस्था छ, वर्तमान अवस्थामा तीन तहको सरकार, विकेन्द्रीकरणका लागि हो । यसबाट आम नागरिकले स्थानिय तहमै सम्पूर्ण सेवाहरु पाईरहेका छन । यहि नै लोकतान्त्रिक गणतन्त्रको सवल पक्ष भएको उनको दावि छ । उनले भने एकाद व्यत्तिले वैयत्तिक स्वार्थका लागि गणतन्त्र असफल भएको भन्नु धमिलो पानीमा माछा मार्नु सरह हो ।
संघीयता खारेज भइहाल्नुपर्छ वा अधिकार दिनुपर्छ भनेर सम्हाल्नै नसक्ने स्थिति बनाउनुपर्छ भन्नु दुबै अतिवादी सोच भएको उनले बताए । शक्ति र स्रोतको बाँडफाँटमा गम्भीर समस्या देखा परेको भन्दै उनले भने, ‘यसबारे गहिरिएर विचार गर्नु पर्ने बताएका छन ।’
ओलीले आफु अभियानका क्रममा हिडदा आम नागरिक लोकतन्त्रका बारेमा बढि जिज्ञासु भएको र यसमा रहेको अन्योलता चिर्दै, सबैलाई सुसुचित गर्नुपर्ने उनको भनाई छ ।

पालिका संचारकर्मी 






