लुकाएर राखिएका चार लाख मूल्यका पटाका र मदिरा नष्ट

पालिका संचारकर्मी
२४ मंसिर २०८०, आईतवार १६:५०

बुटवल । बुटवलमा लुकाइछिपाई राखेका अवैध पटाका र घरेलु मदिरा नष्ट गरिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिहारमा ल्याएर लुकाएर राखिएका चार लाख ३७ हजार ९ सय ८१ रुपैयाँ बराबरको पटाका र मदिरा नष्ट गरिएको हो।

यसैगरी अवैध घरेलु मदिरा तीन सय लिटर बरामद गरिएको प्रहरीले जनाएको छ।