पावर बैंक पड्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगलागी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । चिनियाँ नागरिक जियान जिङ्गले बोकेको ह्याण्ड ब्यागमा आगो लागेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले बताए ।
जियान जिङ्ग एयर चाइनाको उडानबाट चीनको ताइफु जान लागेकी हुन् । स्टेरलाइज हलमा झोलामा रहेको पावर बैंक पड्केर आगो लागेको डीआईजी ठकुरीले जानकारी दिए । आगलागीबाट पावर बैंक र साथमा रहेको ल्यापटपमा क्षति पुगेको छ ।
ह्यान्डब्यागमा लागेको आगोका कारण ती यात्रुको मोबाइल र ल्यापटपमा क्षति पुगेको उनले बताए । अरू कुनै क्षति भने नभएको झाको भनाइ छ । विमानस्थलको अवस्था पनि सामान्य छ । ती यात्रु बिहान साढे ११ बजेको उडानमार्फत् चीन गइसकेका छन् ।

पालिका संचारकर्मी 






