सुनको मुल्य रेकर्ड उन्मुख, आज कतिमा हुदैँछ कारोबार ?

पालिका संचारकर्मी
१२ मंसिर २०८०, मंगलवार १२:५२

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको भाउ नयाँ उचाईमा पुगेको छ ।

सुनको भाउले दिनानुदिन ऐतिहासिक रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च विन्दु हो। विश्व बजारमा सुनको भाउ बढेकाले नै नेपाली बजारमा पनि यसको प्रभाव देखिएको हो। विश्वबजारमा यो दिन सुनको भाउ प्रतिऔंस २ हजार १४ डलर रहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँ रहेको छ ।

 त्यस्तै चाँदीको कारोबार प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने अघिल्लो दिन पनि सोही मूल्यका कारोबार भएको थियो ।