न्युरेनिमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते
मकवानपुर । कान्तिलोकपथ सडक खण्डस्थित हेटौंडा–६, न्युरेनिमा सरकारी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएका छन ।
बिहीबार दिउँसो १२ बजेर ३५ मिनेटको समयमा हेटौंडाबाट चौघडा तर्फ जाँदै गरेको ना ५२ प ८०१० नम्बरको मोटरसाइकललाई बिपरति दिशाबाट आउँदै गरेको बा २ झ ३६६३ सरकारी गाडिले ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट मोटरसाइकल चालक बारा जिल्लाको कलैया उपमहानगरपालिका–२५, बस्ने ३१ वर्षीय रबि साह र मोटरसाइकलमा पछाडि सवार २२ वर्षीय रामेश्वर गिरी घाईते भएका थिए । दुबै जना घाइतेलाई उपचारको लागी हेटौंडा अस्पताल लगिएको र घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

पालिका संचारकर्मी 






