चौघडामा ट्रकको ठक्करबाट बजगाईंको मृत्यु, स्थानीय आन्दोलित

पालिका संचारकर्मी
३ मंसिर २०८०, आईतवार १७:०२

हेटौंडा । हेटौंडा–६, चौघडास्थित शान्ति टोलमा ट्रकको ठक्करबाट एकजना स्थानीय महिलाको मृत्यु भएको छ ।

कान्ति लोकपथअन्तर्गत् चुच्चेखोलाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.७ ख १८१६ ट्रकले ठक्कर दिँदा स्थानीय ३६ वर्षीय निरा बजगाईंको घटनास्थलमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनाको विरोधमा अहिले स्थानीयले कान्ति लोकपथ सडक अवरुद्ध बनाएका छन् । स्थानीयले घटनाको छानविनको माग राख्दै मृतक महिलाको शब उठाउन दिएका छैनन् ।

घटनास्थलमा करिब एक सयजना प्रहरी परिचालन गरिएको छ । ट्रक तथा चालक प्रहरीको नियन्त्रणमा रहेको छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*