चुरियामाई मन्दिर नजिकै पुरुषको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडा–१५, चुरियामाई मन्दिर नजिकै शव फेला परेको छ । मन्दिर नजिकै पाल टांगेर बस्दै आएका एक पुरुष मृत फेला परेका हुन् ।
आधार कार्डको आधारमा उनी भारतीय नागरिक रहेको खुलेको छ । उनी उतरा खण्ड हरिद्वारका अन्दाजी ५० वर्षीय मनोज हेमराज गिरी रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पालिका संचारकर्मी 






