मकवानपुरको बागमती गाउँपालिको कालिखोलामा एक घरमा आगलागी हुदाँ १५ लाखको बराबरको क्षति

पालिका संचारकर्मी
१३ चैत्र २०७९, सोमबार १३:४०

मकवानपुर । मकवानपुरको बागमती-२ कालिखोलाको एक घरमा आगलागी भएको छ । आइतबार दिउँसो स्थानीय कुलबहादुर स्याङतानको कच्ची घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्नपात, सुनचाँदी, नगद समेत नष्ट भएको छ । घर जल्दा भाग्नेक्रममा ७० वर्षिय आईत सिं स्याङतान सामान्य घाइते भएका थिए ।

आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*