मकवानपुरमा गाँजासहित एक जनालाई पक्राउ

पालिका संचारकर्मी
१२ चैत्र २०७९, आईतवार १३:०६

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी–६, सुनाचुरीका २६ बर्षीय सरोज गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार राति ८ बजेर ४५ मिनेटको समयमा खयरघारी सडक खण्डमा शंकास्पद अवस्थामा हिँडिरहेको गौतमलाई प्रहरीले रोकी सुरक्षाजाँच गर्दा जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ४ केजी फेला पारेको हो । गाँजासहित गौतमलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*