मकवानपुरको सामरी खोलाको छेउमा एक शव फेला

पालिका संचारकर्मी
९ चैत्र २०७९, बिहीबार १३:४४

मकवानपुर । मकवानपुर भिमफेदी गाउँपालिका-१ स्याउली नजिकै सामरीको खोला छेउमा एक शव फेला परेको छ ।

बिहिबार बिहान फेला परेको शव स्थानीय ५५ वर्षीय सोर्जे पुलामी मगरको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको शव आफ्नै घरबाट अन्दाजी ८ सय मिटर दक्षिण तर्फ रहेको सामरी खोलाको छेउमा घोप्टो परेको अवस्थामा फेला परेको कार्यालयका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।

मृतक छारे रोगको बिरामी रहेको बुझिएको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*