हेटौंडा र थाहामा लागूऔषध सहित तीन जना पक्राउ

पालिका संचारकर्मी
९ चैत्र २०७९, बिहीबार १२:३८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा लागूऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा–१५ रातोमाटेमा गौरबाट हेटौडा तर्फ आउँदै गरेको प्रदेश २–०३–०२० प ६८६२ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा लागूऔषध सहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा पछाडी सवार रौतहट राजपुर फरदहवा नगरपालिका–४ बस्ने २२ को महमद दहमिदको साथबाट प्रहरीले गाँजा सानो ७ प्याकेट, नाईट्रोभेट १८ पिस, कोरेक्स सय वटा बरामद गरेको हो । त्यसैगरी मोटरसाइकलका चालक २० वर्षिय उमेश मन्सुरी र मोटरसाइकल समेतलाई नियन्त्रणमा लिइ अनुसंधान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसैगरी थाहा नगरपालिका वडा नम्बर–८ चौतारामा दुइ जनाको घरबाट प्रहरीले लागूऔषध गाँजाको धुलो फेला पारेको छ । चौताराका दुइ दाजुभाइ ५७ को लाल ब।घलान र ५३ वर्षिय शेर बहादुर घलानको घरबाट घरमा गाँजाको धुलो विक्रि वितरण गर्ने गरेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले घर खानतलासी गर्दा लाल बहादुर घलानको घरबाट लागू औषध गांजा धुलो ४५ किलो र शेर बहादुर घलानको घरबाट लागू औषध गाँजाको धुलो ६३ किलो गरी जम्मा १०८ किलो फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । लालबहादुरलाई भने प्रहरीले पक्राउ गरेपनि शेरबहादुर भने फरार रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*