हेटौंडाका दोर्जे लागुऔषध गाँजासहित पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ४ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–११, थानाभर्याङ बस्ने २४ वर्षीय पासाङ दोर्जे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हिजो मंगलबार साढे ८ बजेको समयमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना २८ प २८४७ नम्बारको मोटरसाइकल हेटौंडा–३, लेवटमा प्रहरी टोलीललाई देखी भाग्न खोज्दा पछाडि सवार रहेका दोर्जेलाई प्रहरीले नियन्त्रणमा लिएकोे हो । नियन्त्रणमा लिई सुरक्षा जाँच गर्ने क्रममा दोर्जेको साथबाट ४ किलो लागुऔषध गाँजा फेला परेको हो । मोटरसाइकल चालक २५ वर्षीय अर्जुन तामाङ फरार रहेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल, लागुआँषध गाँजा र दार्जेलाई नियन्त्रणमा लिएको र अर्जुनको खोजि कार्य भइरहेको प्रहरीले