हेटौंडामा रुखबाट लडेर राजलक्ष्मी गोलेको मृत्यु

मकवानपुर । जिल्ल्लाको हेटौंडा उपमहागर-३ जम्बु चौतारामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
आइतबार स्थानीय ३८ वर्षीया राजलक्ष्मी गोलेको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घर नजिकै सामुदायिक वनमा घास काट्न जाँदा रुखबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।