मकवानपुरको राक्सिराङमा गाँजासहित भारतीय पक्राउ

पालिका संचारकर्मी
२३ फाल्गुन २०७९, मंगलवार १६:०६

मकवानपुर । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका–५ चैनपुरबाट लागुऔषध गाँजा सहित एक भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी बिस्रामपुर बस्ने ५५ वर्षीय राजेस्वर महतो रहेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो २ बजेको समयमा प्रहरी टोलीले मनहरीखोलाको कच्ची सडक बगरमा शङ्कास्पद अबस्थामा पैदल हिडिरहेको महतोलाई सुरक्षाजाँच गर्ने क्रममा शरिरमा डोरीले बाँधी लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा २ किलो ३ सय ग्राम फेला पारेको हो । महतोेलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*