रसुवाको बाढीपछि सम्पर्कविहीन मकवानपुरवासीको विवरण संकलन

पालिका संचारकर्मी
११ भाद्र २०८३, बिहीबार ११:०८

हेटौँडा । रसुवाको केरुङ नाकाबाट आएको भीषण बाढीपछि रसुवा, नुवाकोट तथा गोसाइँकुण्ड क्षेत्रमा रहेका केही मकवानपुरवासी परिवारको सम्पर्कमा आउन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले विवरण संकलन सुरु गरेको छ।

बाढी प्रभावित क्षेत्रमा गएका आफन्तसँग फोन वा अन्य माध्यमबाट सम्पर्क गर्ने प्रयास गर्न प्रशासनले सम्बन्धित परिवारलाई आग्रह गरेको छ। सम्पर्क हुन नसकेमा व्यक्तिको नाम, थर, स्थायी ठेगाना, उमेर र मोबाइल नम्बरसहितको विवरण प्रशासनको ह्वाट्सएपमार्फत पठाउन सकिने जनाएको छ।

सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तले खोजी गरिरहेका बेला प्रशासनले औपचारिक रूपमा विवरण संकलन थालेको हो। प्राप्त विवरणका आधारमा रसुवा, नुवाकोटलगायत सम्बन्धित जिल्लाका सुरक्षा निकायसँग समन्वय गरी खोजी तथा उद्धारको पहल गरिने प्रशासनले जनाएको छ।