रसुवामा बाढीको वितण्डा, स्याफ्रुबेँसी र टिमुरे बजारमा ठूलो क्षति

पालिका संचारकर्मी
१० भाद्र २०८३, बुधबार १०:२९

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको हो।

बाढीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म यकिन हुन सकेको छैन। प्रशासनले घटनाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।