बागमतीका मुख्यमन्त्री किरण थापामगरले आज दिउँसो १ बजे विश्वासको मत लिँदै

पालिका संचारकर्मी
८ भाद्र २०८३, सोमबार १०:११

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

एमाले र नेकपाले आफ्ना सांसदलाई थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्। तर, सरकारलाई समर्थन गरेको राप्रपाभित्र भने विश्वासको मतलाई लिएर विवाद देखिएको छ।

राप्रपाका केही सांसद मुख्यमन्त्रीको पक्षमा देखिएका छन् भने प्रमुख सचेतकले विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन्। १२ सांसद रहेको राप्रपाको मतदानले आजको विश्वासको मतमा निर्णायक भूमिका खेल्ने देखिएको छ।