बासुदेव घटनाका चार परिवारलाई कांग्रेसले २५–२५ हजार दिने
हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले हेटौँडा–१९ बासुदेव खहरेले बगाएका चार बालिकाका परिवारलाई जनही २५ हजार रुपैयाँ राहत दिने भएको छ।
शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले मृत्यु भएका तीन बालिका र घाइते एक बालिकाका परिवारलाई राहत दिने निर्णय गरेको हो।
भदौ २ गते विद्यालयबाट घर फर्कने क्रममा खहरेमा आएको भेलले चार बालिकालाई बगाएको थियो। घटनामा रोसनी स्याङताङ, बिनिता ब्लोन र सुमित्रा ब्लोनको मृत्यु भएको थियो भने सिमा भोलनको उद्धार गरिएको थियो।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पीडित परिवारलाई सहयोगस्वरूप राहत उपलब्ध गराउने निर्णय गरिएको बताए।

पालिका संचारकर्मी 






