बकैयामा फोर्स गाडीको ठक्करबाट दम्पती घाइते
मकवानपुर । बकैया गाउँपालिका–४ पानधुरे चोकमा फोर्स गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पती घाइते भएका छन्।
मंगलबार दिउँसो गाईघाटबाट हेटौंडातर्फ आउँदै गरेको फोर्स गाडीले हेटौंडाबाट पानधुरेतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक ६३ वर्षीय यज्ञप्रसाद सापकोटा र पछाडि सवार उनकी ६० वर्षीया श्रीमती सीता दाहाल घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको र उपचारका लागि सीएमसी हेटौंडा अस्पताल पठाइएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र फोर्स गाडी चालक २९ वर्षीय अच्युत न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पालिका संचारकर्मी 






