तीन दलको समर्थन जुटाउँदै किरण थापाले पेस गरे बागमतीको मुख्यमन्त्रीमा दाबी

पालिका संचारकर्मी
३ भाद्र २०८३, बुधबार १३:५७

हेटौँडा । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापाले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन्।

थापालाई एमाले, राप्रपा र नेकपाका सांसदको समर्थन रहेको छ। यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए।

बहुमतभन्दा बढी सांसदको समर्थनसहित दाबी परेकाले थापाको मुख्यमन्त्री नियुक्तिको बाटो सहज बनेको छ। प्रदेश प्रमुखले संवैधानिक प्रक्रिया पूरा गरी थापालाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्री बनेपछि थापाले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। त्यसपछि मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटको प्रक्रिया अघि बढ्नेछ।