सुन–चाँदीको मूल्य उकालो, सुन तोलामा १ हजार ६ सय बढ्यो

पालिका संचारकर्मी
१ भाद्र २०८३, सोमबार ११:२०

कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ बढेको छ। सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँले बढेको थियो। शुक्रबार सुन तोलाको ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा ६० रुपैयाँले बढेर ४ हजार ७७० रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलाको ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।