जानकी मन्दिरमा गृहमन्त्री गुरुङको पूजाअर्चना, शान्ति र समृद्धिको कामना
पालिका संचारकर्मी १७ श्रावण २०८३, आईतवार १५:३७
जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति, सामाजिक सद्भाव र समृद्धिको कामना गर्दै जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिरमा पूजाअर्चना गरेका छन्।
दुई दिने जनकपुर भ्रमणका क्रममा गृहमन्त्री गुरुङले आइतबार जानकी मन्दिर पुगेर विशेष धार्मिक अनुष्ठानमा सहभागिता जनाएका हुन्। सो अवसरमा जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले उनलाई स्वागत गर्दै फूलप्रसाद प्रदान गरेका थिए।
गृहमन्त्री गुरुङले देशमा सामाजिक एकता, धार्मिक सहिष्णुता र स्थायी शान्ति कायम रहोस् भन्ने कामनासहित पूजाअर्चना गरेको जनाइएको छ।






