हेटौँडाकी रोज्मालाई ‘डान्स मेरो मनको जुनियर’को उपाधि

पालिका संचारकर्मी
११ श्रावण २०८३, सोमबार ०५:५०

हेटौंडा । ‘डान्स मेरो मनको जुनियर’ सिजन–१ को उपाधि रोज्मा कार्कीले जितेकी छन् । हेटौंडा–८, कमानेस्थित माउन्ट एभरेस्ट स्कुलमा अध्ययनरत १० वर्षीया कार्कीले उपाधिसँगै ५० हजार रुपैयाँ नगद, ट्रफी तथा विभिन्न म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरेकी हुन् ।

प्रतियोगितामा सन्जिता सुनार द्वितीय र विपिका गुरागाईं तृतीय भइन् । द्वितीय भएकी सुनारले ३० हजार रुपैयाँ नगद, ट्रफी तथा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन् भने तृतीय भएकी गुरागाईंले २० हजार रुपैयाँ नगद, ट्रफी र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाइन् ।

युनिसा कार्की र लमिङ दोङले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरूलाई ट्रफीसहित म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्रदान गरिएको छ ।

ड्रीम्स म्युजिक स्कुलको आयोजनामा भएको प्रतियोगिताको ग्रान्ड फिनाले हेटौंडास्थित ओम्याक्स हलमा सम्पन्न भएको हो । म्युजिक स्कुलका निर्देशक अनन्त खुलालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा प्रमुख अतिथिका रूपमा सहभागी थिइन् ।

नगरप्रमुख लामाले विजेताहरूलाई पुरस्कार तथा ट्रफी वितरण गरेकी थिइन् । प्रतियोगिताको निर्णायकमा सुभाष गहतराज, सन्ध्या आचार्य र पासाङ लामा रहेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी आरजे रुपक कालिराजले गरेका