जेन्जी आन्दोलनका बेला भागेका कैदी हेटौँडाबाट पक्राउ
हेटौँडा । जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ । सहकारी ठगी मुद्दामा कैद सजाय भोगिरहेका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ का चन्द्रबहादुर तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनी ‘सिबी लामा’ नामले समेत चिनिने प्रहरीले जनाएको छ । फरार कैदीको खोजी गर्ने क्रममा वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले तामाङलाई हेटौँडा उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय भीमफेदी पठाइएको प्रहरीले जनाएको छ ।

पालिका संचारकर्मी 







