एक पुरुषले शरीरमा आगो लगाए, ५५ प्रतिशत शरीर जलेपछि उपचाररत
काठमाडौँको बुद्धनगरमा शनिबार बिहान एक पुरुष गम्भीर रूपमा जलेको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार ४५ वर्षीय अश्विन राउतले पारिवारिक विवादपछि आफ्नै डेरामा शरीरमा आगो लगाएका हुन्।
गम्भीर घाइते भएका राउतलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ र हाल वीर अस्पतालमा उपचार भइरहेको छ।
घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

पालिका संचारकर्मी 







