धोकेबाज पापिनी लिएर आए सेलो गायक बिरु घलान
पालिका संचारकर्मी
हेटौंडा, असार २ – मकवानपुरका चर्चित सेलो गायक बिरु घलान ले आफ्नो नयाँ सेलो गीत ‘धोकेबाज पापिनी’ सार्वजनिक गरेका छन्। हालै आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले सेलो संगीतप्रेमी दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
सेलो सांगीतिक यात्राबाट आफ्नो संगीत करियरको सुरुवात गरेका घलानका गीतहरूलाई दर्शक तथा श्रोताहरूले विगतदेखि नै माया र साथ दिँदै आएका छन्। सोही माया र सद्भावलाई आत्मसात गर्दै उनले समयानुकूल विभिन्न शैलीका सांगीतिक कोसेलीहरू प्रस्तुत गर्दै आएका छन्। घलानका अनुसार उनले हालसम्म करिब १३ वटा सेलो गीत सार्वजनिक गरिसकेका छन्।
यसपटक ‘धोकेबाज पापिनी’ मार्फत दर्शकमाझ आएका घलानले यस गीतलाई पनि अघिल्ला सिर्जनाजस्तै माया र साथ मिल्ने विश्वास व्यक्त गरेका छन्। गीतमा गायक बिरु घलानसँगै गायिका अनिषा तामाङ को स्वर रहेको छ। दुवै कलाकारको स्वरले गीतलाई अझ आकर्षक बनाएको छ।
गीतको शब्द तथा संगीत आश्रम थिङ ले तयार गरेका हुन् भने एरेञ्ज, मिक्सिङ तथा मास्टरिङको काम सानो बाबु घिसिङ ले गरेका छन्। गीतको रेकर्डिङ स्टुडियो फ्याफुल्ला नेपालमा गरिएको हो।
गीतको निर्देशन तथा कोरियोग्राफी आशिष लामा ले गरेका छन् भने सहायक कोरियोग्राफरका रूपमा प्रिया लामा रहेकी छन्। सिनेमाटोग्राफी दुर्गा श्रेष्ठ ले गरेका हुन्।
भिडियोमा आशिष लामा, प्रनिल घले, सुजु तामाङ, सलिना तामाङ तथा गेस्ट आर्टिस्ट आयुष लामा को अभिनय रहेको छ। मेकअप संगीता मिजार ले गरेकी हुन् भने भिडियोको सम्पादन तथा कलरिङ अनिल बिष्ट प्युठानी ले गरेका छन्। गीतको डिजिटल व्यवस्थापन राप्ती डिजिटल म्युजिक प्रालि ले गरेको जनाएको छ।
गायक बिरु घलानले आफ्नो नयाँ सांगीतिक प्रस्तुति ‘धोकेबाज पापिनी’लाई दर्शक तथा श्रोताहरूले मन पराइदिने विश्वास व्यक्त गर्दै गीत हेरेर र सुनेर प्रतिक्रिया दिन सबैमा आग्रह गरेका छन्।









