सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला २०० रुपैयाँ र चाँदी प्रतितोला ८५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ३७० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको कारोबार जारी रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार ४६१ अमेरिकी डलर तथा चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पालिका संचारकर्मी 







