सात वर्षदेखि फरार प्रतिवादी चितवन प्रहरीद्धारा पक्राउ

पालिका संचारकर्मी
८ जेष्ठ २०८३, शुक्रबार १३:३३

जिल्ला प्रहरी कार्यालय चितवन ले सात वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पन्चदेव महरा रहेका छन्। उनलाई बाराको फेटा गाउँपालिका–१ बाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी मनिष श्रेष्ठ का अनुसार २०७६ चैत २३ गते खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउण्डभित्र रहेको मजदुर बस्ने कच्ची घरमा सखिचन महरा मृत अवस्थामा फेला परेका थिए।

उक्त घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय रत्ननगर र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त टोलीले पन्चदेव महरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका महराविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।