सरकारले मन्त्रालय संख्या घटाएर १८ कायम, सिंहदरबारमा साइनबोर्ड परिवर्तन

पालिका संचारकर्मी
४ जेष्ठ २०८३, सोमबार १३:४२

संघीय मन्त्रालयहरूको संख्या घटाएर १८ वटा कायम गरेको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ वटा मन्त्रालय रहेकोमा पुनर्संरचनापछि संख्या घटाइएको हो । नयाँ संरचना लागू भएसँगै सिंहदरबारभित्रका मन्त्रालयहरूको साइनबोर्ड समेत परिवर्तन गरिएको छ ।

सरकारको यो निर्णयले प्रशासनिक खर्च घटाउने र सेवा प्रवाहलाई चुस्त बनाउने अपेक्षा गरिएको छ ।