प्रतिनिधिसभामा बाँदरसम्बन्धी भनाइपछि सांसदबीच तिव्र बहस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ ले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई द्वारा प्रतिनिधिसभामा दिइएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद ध्रुव राई ले बाँदर र बँदेलले नागरिकलाई समस्या दिएको भन्दै नियन्त्रण तथा मार्न पाउनुपर्ने मागसहित अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद आशिका तामाङ ले उक्त भनाइ फिर्ता मात्र होइन, कडा रूपमा आपत्तिजनक रहेको बताइन् ।
उनले बाँदरलाई मार्न पाउनुपर्ने भनाइ र “सलामी दिनुपर्ने” जस्ता शब्दहरू अस्वीकार्य रहेको टिप्पणी गरेकी छन् ।

पालिका संचारकर्मी 







