बागमती प्रदेशसभा हिउँदे अधिवेशन मध्यरातदेखि अन्त्य
पालिका संचारकर्मी १ जेष्ठ २०८३, शुक्रबार १३:३७
बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को सिफारिसअनुसार आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।
यस अधिवेशनअन्तर्गत प्रदेशसभाको बैठक २०८२ साल चैत २४, २५ र २६ गते तथा २०८३ साल वैशाख ६ गते गरी केही दिन मात्र बसेको थियो।
प्रदेश सरकारले सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था अनुसार नै यो निर्णय गरिएको जनाइएको छ।









