नेपाली बजारमा सुनको मूल्य आज सामान्य रूपमा बढ्यो

पालिका संचारकर्मी
३१ बैशाख २०८३, बिहीबार १२:४८

नेपाली बजारमा सुनको मूल्य आज सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ३०० रुपैयाँले बढेर ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँमा कायम थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ५ हजार ७४५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ।

सुनचाँदी बजारमा पछिल्ला दिनमा निरन्तर सानो–सानो उतारचढाव देखिँदै आएको छ।