गगन थापाद्वारा कांग्रेस केन्द्रीय अनुशासन समिति पुनर्गठन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका छन्। बुधबार थापाले तारामान गुरुङको नेतृत्वमा समिति पुनर्गठन गरेका हुन्।
पुनर्गठित समितिको सदस्यमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपालीलाई मनोनयन गरिएको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम केन्द्रीय अनुशासन समिति पुनर्गठन गरिएको हो।

पालिका संचारकर्मी 







