देउरालीमा रुखबाट लडेर ७२ वर्षीय वृद्धको मृत्यु

पालिका संचारकर्मी
३० बैशाख २०८३, बुधबार १५:२१

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१०, देउरालीमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ७२ वर्षीय भीम बहादुर मगर रहेका छन्।

मंगलबार साँझ करिब ५:१० बजे आफ्नै घर नजिकैको खनायोको रुखमा घाँस काट्ने क्रममा उनी लडेर गम्भीर घाइते भएका थिए। तत्काल उनलाई उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएको थियो।

तर उपचारकै क्रममा राति १२:१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।