मकवानपुर रनिङ शिल्ड भलिबल : सेमिफाइनल पूरा, चार टोली अन्तिम चारमा
हेटौँडा — मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्रतर्फको भलिबल प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ।
जारी प्रतियोगितामा भीमफेदी गाउँपालिका ले मनहरी गाउँपालिका लाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। यससँगै सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लागेको छ।
यसअघि नै हेटौँडा उपमहानगरपालिका ले मकवानपुरगढी गाउँपालिका लाई २–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाइसकेको थियो। यस्तै, थाहा नगरपालिका ले इन्द्रसरोवर गाउँपालिका लाई २–० ले तथा बागमती गाउँपालिका ले कैलाश गाउँपालिका लाई २–१ को सेटमा हराएर सेमिफाइनल प्रवेश गरेका छन्।
सेमिफाइनल खेल मंगलबार दिउँसो हुने र फाइनल खेल बुधबार सम्पन्न हुने आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समिति ले जनाएको छ।
सोमबारदेखि सुरु भएको प्रतियोगितामा भलिबलसँगै कबड्डी, कराँते, तेक्वान्दो, उसु र एथलेटिक्सलगायतका खेलहरू सञ्चालन भइरहेका छन्।

पालिका संचारकर्मी 






