राष्ट्रपति रामचन्द्र पौडेल को संसद सम्बोधन स्वीकृत, आज ४ बजे कार्यक्रम
मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्ने सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्बोधनको स्वीकृति दिएको हो। नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यस सम्बोधनमार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम औपचारिक रूपमा प्रस्तुत हुने व्यवस्था छ।

पालिका संचारकर्मी 







