सुनको भाउ हिजोको तुलनामा एक हजार ४ सय रुपैयाँले घटेको छ ।

पालिका संचारकर्मी
२८ बैशाख २०८३, सोमबार ११:५१

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको भाउमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन तोलाको २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने सामान्य बढेको छ। आज चाँदी तोलामा ६५ रुपैयाँले वृद्धि हुँदै ५ हजार ३ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य ५ हजार २ सय ७५ रुपैयाँ थियो।