वैशाख २४ : राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै
पालिका संचारकर्मी
नेपालमा आज राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। विसं १९५८ वैशाख २४ गते पहिलो नेपाली अखबार गोर्खापत्र साप्ताहिक रूपमा प्रकाशन भएको स्मृतिमा सरकारले २०७३ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालेको हो।
पत्रकारिता क्षेत्रको विकास, सामाजिक उत्तरदायित्व तथा सञ्चारकर्मीको पेसागत सुरक्षाको महत्वलाई स्मरण गर्दै दिवस मनाउने परम्परा रहेको छ। यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रपति भवनमा विशेष समारोह आयोजना गरी राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान प्रदान गर्ने कार्यक्रम तय गरेको छ।
दिवसका अवसरमा रामचन्द्र पौडेल, रामसहाय प्रसाद यादव, वालेन्द्र शाह, डोलप्रसाद अर्याल, नारायणप्रसाद शर्मा तथा डा विक्रम तिमल्सिनाले शुभकामना सन्देश जारी गर्दै स्वतन्त्र, जिम्मेवार र मर्यादित पत्रकारिताको आवश्यकतामा जोड दिएका छन्।








