आईसीसी क्रिकेट विश्वकप लिग खेलका लागि टिकट मूल्य २०० रुपैयाँ मात्र

पालिका संचारकर्मी
२१ बैशाख २०८३, सोमबार १४:५४

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक शृंखलाको अन्तिम खेलका लागि टिकट मूल्य घटाएको छ।

क्यानले सोमबार सूचना जारी गर्दै मंगलबार त्रिवि क्रिकेट मैदान मा हुने नेपालओमान बीचको खेलका लागि टिकट दर २०० रुपैयाँ कायम गरिएको जनाएको हो। यसअघि सोही टिकट ४०० रुपैयाँमा बिक्री भइरहेको थियो।

हालसम्म २३ खेल खेलेको नेपाल १६ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको छ।

त्यसैगरी, क्यानले आगामी मे १२ देखि सुरु हुने नेपाल, स्कटल्यान्डअमेरिका सम्मिलित अर्को त्रिकोणात्मक शृंखलाका लागि पनि टिकट मूल्य प्रतिव्यक्ति २०० रुपैयाँ नै निर्धारण गरेको छ।

समर्थकहरूको उपस्थिति बढाउने र घरेलु टोलीलाई थप हौसला प्रदान गर्ने उद्देश्यले टिकट मूल्य घटाइएको क्यानको निर्णयलाई अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।