लिपुलेक नेपालको भूमि हो भन्नेमा सरकार स्पष्ट : प्रवक्ता पोखरेल
सस्मित पोखरेल ले लिपुलेक सम्बन्धी विषयमा सरकारको धारणा प्रष्ट पारेका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले लिपुलेक नेपालको भूमि भएकोमा कुनै द्विविधा नरहेको बताए।
उनका अनुसार, यस विषयमा सरकारले कूटनीतिक माध्यमबाट आवश्यक पहल गरिसकेको छ। “कूटनीतिक नोट पठाइसकेका छौँ, लिपुलेक हाम्रो भूमि हो भन्नेमा सरकार स्पष्ट छ,” उनले भने।
भारत र चीन ले लिपुलेक क्षेत्र हुँदै मार्ग निर्माण गरेको विषयमा उठेको प्रश्नको सन्दर्भमा सरकारको आधिकारिक धारणा सार्वजनिक गरिएको हो।
सरकारले राष्ट्रिय हित र भौगोलिक अखण्डताका विषयमा कूटनीतिक पहललाई निरन्तरता दिने संकेतसमेत दिएको छ।

पालिका संचारकर्मी 







