प्रचण्ड: क्रान्तिको सपना अझै अधुरो, सबै कम्युनिस्ट एकताबद्ध हुनुपर्नेमा जोड
त्रिवेणी (रुकुम पश्चिम) मा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताउनुभएको छ।
उहाँले समाजवादतर्फको यात्रालाई सफल बनाउन सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। विभिन्न कम्युनिस्ट समूहहरू मिलेर नेकपा गठन गरिएको उल्लेख गर्दै अब बाँकी रहेका समूहहरूलाई पनि एकताबद्ध गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो।
प्रचण्डले शान्ति सम्झौता र संविधानसभाबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै सबै राजनीतिक दलहरूलाई समेटेर अघि बढ्ने आवश्यकता रहेको पनि बताउनुभयो।

पालिका संचारकर्मी 







