रास्वपा सचिवालय बैठक आज, उम्मेदवार छनोट र विधान संशोधनमा छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज विभिन्न समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बस्नेछ।
पार्टी सभापतिको निर्देशनमा बोलाइएको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३, महाधिवेशन कार्यविधि–२०८३ तथा संसदीय दलको विधान संशोधनलगायत विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
बैठकलाई पार्टीका महत्वपूर्ण निर्णयहरू तय गर्ने थलोका रूपमा हेरिएको छ।

पालिका संचारकर्मी 






