लिग–२ मा यूएईविरुद्ध नेपालको बलियो लक्ष्य: दीपेन्द्रको शतकसँगै २८९ रन

पालिका संचारकर्मी
१८ बैशाख २०८३, शुक्रबार १५:२७

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सामु २९० रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८९ रन बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी ले उत्कृष्ट प्रदर्शन गर्दै ९४ बलमा १०० रनको शतकीय इनिङ्स खेले। यस्तै विनोद भण्डारी ले ५६ रन बनाए भने गुल्सन झा ले ४४ रनको योगदान दिए। कप्तान रोहित पौडेल ले ३९ रन जोडे।

बलिङतर्फ यूएईका जुनैद सिद्दिकीअजय कुमार ले समान २–२ विकेट लिए।

यसअघिको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो भने ओमानसँग डीएलएस नियमका आधारमा १०२ रनले पराजित भएको थियो।

८ टोली सहभागी लिग–२ मा नेपाल २२ खेलबाट १४ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ। ओमान २६ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा रहँदा यूएई २२ खेलमा १२ अङ्कसहित पुछारमा छ।