एनएमबी क्यापिटलद्वारा सोपान फर्मास्युटिकल्सको सेयर बाँडफाँट सम्पन्न
काठमाडौं, १७ वैशाख । सोपान फर्मास्युटिकल्स को प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल ले बुधबार औपचारिक कार्यक्रममार्फत सेयर वितरण गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३४ लाख ७४ हजार ९०० कित्ता सेयर निष्कासन गरेको थियो। यसमा २७ लाखभन्दा बढी आवेदकले आवेदन दिएका थिए। अत्यधिक मागका कारण लक्की ड्र (गोला प्रथा) मार्फत बाँडफाँट गरिएको हो।
बाँडफाँटपछि करिब ३ लाख ४७ हजार लगानीकर्ताले १०–१० कित्ताका दरले सेयर पाए भने बाँकी २३ लाखभन्दा बढी आवेदक खाली हात परेका छन्। आईपीओको नतिजा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
विशेषज्ञका अनुसार पछिल्ला वर्षहरूमा आईपीओमा अत्यधिक माग बढ्दै जाँदा सीमित लगानीकर्ताले मात्र सेयर पाउने अवस्था दोहोरिँदै आएको छ।

पालिका संचारकर्मी 






