एमआरपी अनिवार्यतामा लचिलो नीति ल्याउने तयारी
भन्सार विभाग ले आयातित वस्तुमा एमआरपी (अधिकतम खुद्रा मूल्य) अनिवार्य गरेपछि अवरुद्ध भएको जाँचपास प्रक्रिया खुलाउन पहल थालेको छ। विभागले उद्योग मन्त्रालयलाई पत्र लेख्दै आयातकर्ताबाट स्वघोषणा गराएर अस्थायी रूपमा जाँचपास गर्न सहजीकरण गर्न आग्रह गरेको हो।
यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले भन्सार विन्दुमै एमआरपी स्टिकर अनिवार्य गरेपछि देशभर जाँचपास प्रभावित भएको थियो। नयाँ व्यवस्थाले व्यवसायीले सामान भित्र्याउन रोकेको अवस्था सिर्जना भएको छ।
विभागले आगामी आर्थिक ऐनमार्फत यस विषयमा स्पष्ट व्यवस्था आउने उल्लेख गर्दै तत्काल समस्या समाधानका लागि लचिलो उपाय अपनाउन खोजिएको जनाएको छ।

पालिका संचारकर्मी 






