शान्ति र समृद्धिका लागि बुद्ध दर्शन आवश्यक: राष्ट्रपति पौडेल

पालिका संचारकर्मी
१७ बैशाख २०८३, बिहीबार १३:०४

रामचन्द्र पौडेल ले बुद्धका शिक्षालाई व्यवहारमा लागू गर्न सके मात्र दिगो शान्ति र समृद्धि सम्भव हुने बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा उनले अहिंसा, करुणा, मैत्री र प्रज्ञामा आधारित गौतम बुद्ध का सन्देश आजको विश्वका लागि झन् सान्दर्भिक बन्दै गएको उल्लेख गरे।

उनका अनुसार द्वन्द्व, असहिष्णुता र नैतिक मूल्यको ह्रास बढिरहेको वर्तमान अवस्थामा बुद्धको मध्यम मार्ग र सहअस्तित्वको दर्शनले विश्वलाई स्थायित्व र आपसी विश्वासतर्फ अघि बढाउन सक्छ। राष्ट्रपति पौडेलले विविधताबीच सहिष्णुता र राष्ट्रिय एकता सुदृढ गर्न पनि बुद्धका उपदेशको पालन आवश्यक रहेको बताए।